Central Department of Library and Information Science

Central Department of Library and Information Science

Kirtipur, Kathmandu, Nepal

Welcome and Farewell Program 2026 कार्यक्रम सम्पन्न

Welcome and Farewell Program 2026 कार्यक्रम सम्पन्न

2026-03-23

2082/12/08 गते पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागमा स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजित स्वागत तथा बिदाइ कार्यक्रम धुमधामका साथ सम्पन्न भएको छ। केन्द्रीय विभागस्थित गान्धी भवनमा आयोजित उक्त कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत तथा दीक्षित हुन लागेका चौथो सेमेस्टरका विद्यार्थीहरूलाई बिदाइ गर्दै मायाको चिनो प्रदान गरिएको थियो।विभागीय प्रमुख डा. लिला न्याइच्याईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभागका प्राध्यापकहरू र नेपाल पुस्तकालय संघका अध्यक्षलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक, सिर्जनात्मक र साहित्यिक प्रस्तुतिहरू गरेका थिए।तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी मनिषा राईले स्वागत मन्तव्यका क्रममा नवप्रवेशीलाई स्वागत तथा दीक्षित हुन लागेकालाई शुभकामना व्यक्त गर्दै यस्ता समारोह औपचारिकता मात्र नभई सधैँ बाँचिरहने जीवनका अमूल्य क्षणहरू हुने कुरा राखेकी थिइन् ।प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना अनुभूति र अपेक्षाहरू व्यक्त गरेका थिए भने चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक यात्राका क्रममा प्राप्त अनुभव र सिकाइहरू सुनाएका थिए। सर्जक तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पुस्तकालय अधिकृत अनिता भट्टराईले शिक्षामा आध्यात्मिकताको महत्वबारे चर्चा गर्दै शैक्षिक उन्नयनमा यसको भूमिकालाई रेखांकित गर्नुभएको थियो । नेपाल पुस्तकालय सङ्घका अध्यक्ष पुष्पराज सुवेदीले पुस्तकालय संगठन र भावी कार्यदिशाको विषयमा आफ्ना धारणा राख्नु भएको थियो।प्राध्यापकद्वय सरिता गौतम र निरा मानन्धरले विद्यार्थीहरूलाई प्रेरणा र हौसला प्रदान गर्दै शैक्षिक जीवनमा लगनशीलता र सिर्जनशीलताको आवश्यकताबारे मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि तथा विभागीय प्रमुख डा. लिला न्याइच्याईले विश्व व्यवस्थामा आएको उतारचढावले पुस्तकालय विज्ञानको भविष्यलाई प्रत्यक्ष प्रभावित पार्ने भएकाले परिवर्तित सन्दर्भमा नयाँ कार्यदिशा र रणनीतिका साथ पुस्तकालय विज्ञानको भविष्य निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिनुपर्छ भन्ने कुरा बताउनु भयो । साथै उहाँले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र निरन्तर सिकाइको महत्वबारे समेत मार्गदर्शन प्रदान गर्नु भयो।कार्यक्रमको सञ्चालन स्नातकोत्तर तेस्रो सेमेस्टरका विद्यार्थी सकुन्तला ढुङ्गाना र अध्यक्षता सोही सेमेस्टरका विद्यार्थी सुष्मा कोइरालाले गरेका थिए।