Central Department of Library and Information Science

Central Department of Library and Information Science

Kirtipur, Kathmandu, Nepal

Reference management tools and web citation tools सम्बन्धी तीन दिने कार्यशाला सफलतापूर्वक सम्पन्न

Reference management tools and web citation tools सम्बन्धी तीन दिने कार्यशाला सफलतापूर्वक सम्पन्न

2026-03-22

त्रिभुवन विश्वविद्यालय, पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागमा सन्दर्भ व्यवस्थापन (Reference Management Tool) तथा वेब साइटेशन (Web Citation Generation Tools) सम्बन्धि तीन दिने कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यशाला २०८२ चैत्र गतेदेखि चैत्र गतेसम्म केन्द्रीय पुस्तकालय तथा सूचना विज्ञान विभागमा आयोजना गरिएको थियो। कार्यशालामा  विद्यावारिधि (Ph.D.), एमफिल (Mphil.), स्नातकोत्तर (Masters) तहका शोधार्थीहरूको सहभागिता रहेको थियो। यस तालिम कार्यक्रममा शिक्षा (Education), जन प्रशासन (Public Administration), अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति (International Relations and Diplomacy), रसायनशास्त्र (Chemistry), नेपाली (Nepali), पुस्तकालय तथा सूचना विज्ञान (Library and Information Science) जस्ता विभिन्न विषयका शोधार्थीहरूको उपस्थिति थियो । कार्यशालाका क्रममा उप-प्राध्यापक डा. टेक मणी कार्कीले सफ्टवेयर installation तथा विभिन्न प्रकारका सूचना स्रोतहरूको सन्दर्भ (citation) लेख्ने आधारभूत नियमहरू बारे सहजीकरण गर्नुभएको थियो। सहभागीहरूलाई एन्ड्नोट सफ्टवेयर (Endnote software) मा डाटा भर्ने, इम्पोर्ट गर्ने, समूह (group) बनाउने, सन्दर्भ तथा स्रोतको ढाँचा (editing citation and references output styles) सम्पादन गर्ने लगायतका प्राविधिक अभ्यासहरूको लागि उप-प्राध्यापक डा. नारायण कोजुले सहजीकरण गर्नुभएको थियो । यस कार्यशालामा उप-प्राध्यापक डा. लीला न्याइच्याई, उप-प्राध्यापक सरिता गौतम, उप-प्राध्यापक नीरा मानन्धर  पुस्तकालय अधिकृत विजय शर्माले पनि सहजीकरण गर्नुभएको थियो। उप-प्राध्यापक डा. पार्वती पाण्डेले सन्दर्भ निर्माणका लागि विभिन्न वेब प्रणाली (web tools) को प्रयोगबारे निर्देशन दिनुभएको थियो। तालिमको समापनमा डा. टेक मणी कार्कीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । सहभागी शोधार्थीहरू प्रकाश घिमिरे दामोदर घिमिरेले यस उपयोगी कार्यक्रमको लागि सराहना गर्दै यस्ता व्यावहारिक कार्यक्रमहरूको सूचना प्रसारका लागि सञ्जाल विस्तार गर्न सुझाव दिनुभएको थियो। उहाँहरूले यस्ता उपयोगी कार्यक्रमका लागि कोषको अभाव नरहेको धारणा व्यक्त गर्नुभयो । तालिमको अन्त्यमा प्रमाणपत्र वितरण डा. टेक मणी कार्कीबाट भएको थियो। शोधार्थीहरू प्रकाश घिमिरे दामोदर घिमिरेले कार्यक्रमको प्रशंसा गर्दै सूचना प्रसारको सञ्जाल विस्तार गर्न सुझाव दिनुभयो।