Central Department of Library and Information Science

Central Department of Library and Information Science

Kirtipur, Kathmandu, Nepal

हामी त पढ्छौं है ! A Knowledge Sharing Program

हामी त पढ्छौं है ! A Knowledge Sharing Program

2025-08-24

२०८२,  भदौ ८ गते आइतबारका दिन त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागद्वारा १८ औं पुस्तकालय दिवसको उपलक्ष्यमा आयोजना गरिएको हामी त पढ्छौं है ! A Knowledge Sharing Program  कार्यक्रम सम्पन्न भयो। जुन, विभागको ४४ औँ कार्यक्रम श्रृङ्खला रहेको थियो। 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख, नेपाल पुस्तकालय संघका अध्यक्ष, पुस्तकालयकर्मी,  विद्यार्थी,  शिक्षक, कर्मचारी लगायत ३० जना सहभागीहरुको उपस्थित रहेको कार्यक्रमको अध्यक्षता विभागका विभागीय प्रमुख डा.  लिला न्याइच्याईले गर्नुभएको थियो। विभिन्न विधाका पुस्तक तथा लेखमाथि १३ जना सहभागीहरुले आफ्नो Review प्रस्तुत गर्नुभएको थियो भने तीन जना सहभागीले आफ्नो अनुभव तथा ज्ञान सबै समक्ष प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा १८औं पुस्तकालय दिवसको आदर्श वाक्य “हाम्रो पुस्तकालय : हाम्रो भविष्य” मा आधारित रहेर लेखिएको कविता वाचन पनि गरिएको थियो। कार्यक्रमका केही तस्बिरहरू: