Kirtipur, Kathmandu, Nepal
२०८२|१०|०७ गते पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभाग र रत्न राज्यलक्ष्मी क्याम्पस, त्रि. वि. को संयुक्त आयोजनामा MARC 21: Mirroring Ourselves विषयक अन्तरक्रिया कार्यक्रम रत्न राज्यलक्ष्मी क्याम्पसको प्राङ्गणमा सम्पन्न भयो। कार्यक्रममा पुस्तकालय तथा सूचना विज्ञान विषयसँग सम्बन्धित शिक्षक, विद्यार्थी र विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रमको पहिलो शत्रमा कर्णाखर खतिवडा, विद्यावारिधिले शुद्ध नेपाली लेखनका विषयमा प्रस्तुति दिएका थिए। उनले शैक्षिक तथा प्राविधिक लेखनमा भाषिक शुद्धता र एकरूपताको महत्त्वमाथि जोड दिँदै आफ्नो धारणा राखेका थिए। कार्यक्रमको प्रमुख प्रस्तुतीका रुपमा सरिता गौतम र सबिना श्रेष्ठले MARC 21 मा हुने त्रुटीसँग सम्बन्धित प्रस्तुति दिएका थिए। उनीहरुले यसको उद्देश्य र व्यवहारिक पक्षबारे चर्चा गरेका थिए । कार्यक्रममा रुद्र प्रसाद दुलालले MARC 21 मा ISBD नियमको महत्त्वबारे टिप्पणी गरेका थिए। उनले सूचीकरणमा अन्तर्राष्ट्रिय मापदण्ड अपनाउँदा सूचनाको पहुँच र व्यवस्थापन प्रभावकारी हुने बताएका थिए। त्यसैगरी कमला शर्माले MARC रेकर्डमा देखिने त्रुटिका कारणहरूबारे टिप्पणी गरेकी थिइन्। जगदीश अर्यालले दैनिक रूपमा MARC रेकर्ड जाँच गर्ने प्रक्रियाको आवश्यकता औँल्याएका थिए। कार्यक्रमको समापन लिला न्याइच्याईँ, विद्यावारिधिले गरेका थिए। समापन मन्तव्यका क्रममा उनले यस्ता शैक्षिक तथा प्राविधिक कार्यक्रमले विद्यार्थी र पुस्तकालयकर्मीको क्षमता अभिवृद्धि गर्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने विश्वास व्यक्त गरे। उक्त कार्यक्रम सञ्चालन युवराज कट्टेलले गरेका थिए। कार्यक्रमले MARC 21 र सूचीकरणसम्बन्धी ज्ञान आदान–प्रदानमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।
