Central Department of Library and Information Science

Central Department of Library and Information Science

Kirtipur, Kathmandu, Nepal

The Science behind Exploration

The Science behind Exploration

2024-05-24

आज मिति २०८१ जेठ ११ गते चीन अनुसन्धान तथा अन्वेषण  समाजका अध्यक्ष (Wong How Man) वोङ हाउ मानले अन्वेषण को विज्ञान बारे प्रवचन दिनु भयो। पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभागको निमन्त्रणामा उहाँ उक्त प्रवचन दिन आउनु भएको थियो। १९८६ देखि शुरू गर्नु भएको उहाँको (Center) समाजले तीन नदीहरूको उद्गम बिन्दु पत्ता लगाएको थियो। नदीहरूको उद्गम पत्तालगाउन भूपग्रहको उपयोग साथै स्थलगत अध्ययन पनि गरियो। सांघाई मा ३० किमीको चौडाईमा बग्ने नदीको मुहान एक पाइलामा नाघ्न सकिने थियो। त्यस्तै ब्रह्मपुत्र, यान्जि, मेककोङ, येल्लो नदीहरूका मुहान पनि उहाँको टोलीको अन्वेषण बाट यकिन गरिएको थियो। त्यस्तै साहारा मरुभूमि मा ३ किमि बालुवामुनी छोपिएको पुराना नदीका अवशेषहरू र एतिहासिक सिल्क रोड का बाटाहरू पनि पहिलिएको थियो। यो समयमा भुउपग्रहको विकास अत्यन्त उन्नत भइसकेको छ। तसर्थ, अहिले अझै राम्रो र जटिल अन्वेषण गर्न सकिने उहाँको दाबा हो। तर, यो समयमा विज्ञान शुद्ध विज्ञान मात्र नरहिकन त्यो राजनीति र सैन्य उद्येश्यले  पनि प्रभावित भएको छ। उक्त कुरालाई उहाँले आफ्नो एक मित्र जो नासाका एक महतत्वपूर्ण मान्छे लाई भेट्दा पुरै संग्रहालय बन्दगरी भेट्न परेको सन्दर्भ प्रस्तुत गर्नुभएको थियो।

अन्वेषण भूगोल को मात्र नभई मानव समाजका संस्कृति र चलनहरुका पनि हुन सक्दछ। लोप हुन लागेका जनावर, जाती र संस्कृतिको अन्वेषण, संरक्षण र शिक्षा दिनु विज्ञानका तत् तत् क्षेत्रहरू हुन भन्नेमा उहाँको जोड थियो।

अन्वेषणको स्वीकृतिका लागि ठूला पदका व्यक्तिहरूको चिनाजानी ले महत्त्व राख्छ तर गतिलो अनुसन्धान नहुने र नगर्ने हो भने त्यस्तो सम्बन्ध बाट फाइदा नपुग्ने जिकिर उहाँको छ। भूगोल जहिले पनि महत्त्वपूर्ण पक्ष हो। त्यसैले भूराजनीति भन्ने शब्द मा पनि भू अर्थात् भूगोल पहिले आउँछ नकी राजनीति पहिला। हाउ मानको प्रवचनको बिच-बिचमा छोटाछोटा चलचित्र हरू देखाउँदै विविध रोचक घटना-परिघटनाको चर्चा गरिएको थियो। सो प्रभावकारी प्रवचन सुन्नको लागि पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभागका साथै, मानवशास्त्र केन्द्रिय विभाग, वातावरण केन्द्रिय विभाग, व्यवस्थापन केन्द्रिय विभाग, सिक्किम कलेजका शिक्षक र विद्यार्थीहरुको उपस्थिति भएको थियो।