Central Department of Library and Information Science

Central Department of Library and Information Science

Kirtipur, Kathmandu, Nepal

स्वागत तथा बिदाई कार्यक्रम

स्वागत तथा बिदाई कार्यक्रम

2024-05-26

मिति २०८१/०२/१३ गतेका दिन, पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभागका तेस्रो सेमेस्टरमा अध्यनरत विधार्थीहरुको आयोजनामा विभागमा पहिलो र चौथो सेमेस्टरमा अध्यनरत विधार्थीहरुको लागि आयोजना गरिएको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भयो।

विभागका शिक्षक, कर्मचारी, बिद्यार्थीहरु सहित पूर्व-विभागीय प्रमुख, नेपाल पुस्तकालय संघका अध्यक्ष, त्रि. वि. केन्द्रिय पुस्तकालयका प्रमुख, साथै कर्मचारी साथीहरु र TULSSAA का अध्यक्षको सक्रिय सहभागितामा कार्यक्रम सन्चालन भएको थियो।

कार्यक्रममा अतिथीहरुले विधार्थिहरुको सुखद र उज्वल भविष्यको कामना व्यक्त गर्नुका साथै उनिहरुले आयोजना गरेको कार्यक्रमको खुलेर प्रशंसा गर्नुभयो। कार्यक्रममा विधार्थिहरुले गीत, कविता वाचनका साथै विभिन्न कार्यक्रममा लिएका तस्बिरहरुको संकलन गरी भिडियो प्रस्तुती पनि गरेका थिए । खादा र डायरीले नयाँ विधार्थिहरुको स्वागत गरिएको थियो भने बिदाई हुने विधार्थिहरुलाई खादा सहित मायाको चिनो स्वरुप Token of Love प्रदान गरिएको थियो।   

कार्यक्रमका केही तस्विरहरु: