Kirtipur, Kathmandu, Nepal
मिति २०८१- ०९ -०३ गतेका दिन, पुस्तकालय तथा सूचना विज्ञान केन्द्रिय विभागको आयोजनामा विभागमा सरुवा भई आउनुभएका नयाँ कर्मचारी साथै सरुवा भई अन्य कार्यालयमा जानुभएका कर्मचारीहरुका लागि आयोजना गरिएको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमको सभापतित्व विभागका प्रमुखले गर्नुभएको थियो । स्वागत तथा बिदाई गरिएका कर्मचारीहरुको सुखद र उज्वल भविष्यको कामना व्यक्त गर्नुका साथै उनिहरुको कार्यदक्ष्यता र कार्यक्षयमताको बिकास र विस्तारका लागि शुभकामना ब्यक्त गरिएको थियो । खादा र गमलाले नयाँ कर्मचारीहरुको स्वागत गरिएको थियो भने बिदाई हुने कर्मचारीहरुलाई खादा सहित मायाको चिनो स्वरुप मुर्ति प्रदान गरिएको थियो।
कार्यक्रमका केही तस्विरहरु:



